काठमाडौँ। सुनको मुल्यले नेपाली बजारमा नया रेकर्ड बनाएको छ। बिहिबार सूनको मूल्य रु ५ सयले बढेर हाल सम्म कै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रति तोला ९४ हजार ५ सय रुपैयामा कारोबार हुने भएको छ ।
महासंघका अनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ९५ रुपैया रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेको छ। बिहिबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा १० रुपैयाले बढेर प्रति तोला १ हजार १ सय ४५ रुपैया पुगेको छ।
कोरोनाको कारण लगानीका क्षेत्रहरु अस्थिर हुँदा सुनमा लगानी बढेकोले अन्तराष्ट्रिय क्षेत्रमा सुनको भाउ बढ्दै गएको सुनचाँदी व्यवसायी तेज रत्न शाक्य बताउंछन्। अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकाले नेपाली बजारमा पनि सुनको भाउ बढ्दै गएको उनले बताए। सुनको भाउ अझै बढ्न सक्ने शाक्य बताउंछन्।
