काठमाडौं । लकडाउनका कारण स्थगित भएको लिवर्टी ईजर्नीको आइपीओ आजदेखि पुनः विक्रीमा आएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि गत फागुन २७ गतेदेखि १५ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा गत चैत ११ गतेदेखि लकडाउन गरिएसँगै उक्त आईपीओ स्थगित भएको थियो ।
प्रतिकित्ता रू. १०० अंकित दरका यस आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओ साउन २१ गतेसम्म विक्रीमा रहनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।