काठमाडौं । शेयर बजारमा खरिद चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्से सूचक ४० मिनेटको लागि बन्द भएको छ ।
यसअघि बजार खुलेको १ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको थियो ।
यस अवधिमा नेप्से सूचक ५ प्रतिशत अर्थात ७४.०२ अंकले बढेर १ हजार ५५३.०५ विन्दुमा पुगेको छ । यस अवधिमा साढे ९ करोड १९ लाख ४२ हजार ८६१ रुपैयाँ बराबरका कारोबार भएको छ ।
शेयर बजारमा खरिद चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्से सूचक ४० मिनेटको लागि बन्द भएको छ ।
