Logo

शनिवार, आश्विन २४ गते २०८३

images

छुट्नु होला, दुई कम्पनीको १ करोड २५ लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन

छुट्नु होला, दुई कम्पनीको १ करोड २५ लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

४, श्रावण २०७७
छुट्नु होला, दुई कम्पनीको १ करोड २५ लाख कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । दुई इन्स्योरेन्स कम्पनीको १ करोड २५ लाख ५७ हजार १३२ कित्ता हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्सले गत असार १४ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबर अर्थात् ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको हो । हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते बुकक्लोज गरेको थियो, जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउनेछन् । इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले यसअघि चैत २० गतेदेखि हकप्रद बिक्री गर्ने भनेपनि लकडाउनका कारण हकप्रद शेयर निष्काशन स्थगित भएको थियो । सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री शुरु गरेको थियो । हाल ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी १०० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

त्यस्तै शिखर इन्स्योरेन्सले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा हकप्रद निष्काशन खुला गरेको थियो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको थियो । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १३ गते बुकक्लोज गरेको थियो, यसअनुसार फागुन १२ गतेसम्म कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । यसअघि कम्पनीले गत चैत १३ गतेदेखि हकप्रद निष्काशन गर्न लागेकोमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण हकप्रद निष्काशन स्थगित भएको थियो । हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ०९:३७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology