काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७–७८ का निम्ति मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै दिउँसो एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।
गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण अर्थतन्त्र शिथिल बन्दै गएको अवस्थामा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीतिलाई थप महत्वकासाथ हेरिदै छ ।
मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि र मर्जरका विषयमा समेत मौद्रिक नीतिले थप स्पष्ट पार्ने छ ।