Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

अब दस मिनेटमै कर दाखिला गर्न सकिने

दैनिकी न्यूज

२, श्रावण २०७७
अब दस मिनेटमै कर दाखिला गर्न सकिने
images

काठमाडौं । साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले विकास गरेको उक्त प्रणालीमार्फत करदाताले नजिकैको बैङ्कमार्फत नै कर र आय विवरण दाखिला गर्न पाउने सुविधा उपलब्ध छ ।

चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो दिन सुरु गरिएको यो प्रणालीमा वार्षिक २० लाखसम्म कारोबार र दुई लाख रुपियाँसम्म आय भएका साना करदाता सहभागी हुन पाउनेछन् ।

महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैङ्क र राजस्व असुल गर्ने बैङ्क सँगको समन्वयमा विभागले निर्माण गरेको उक्त सफ्टवेयरमा करदाताको आय र कर विवरण दाखिला गरेपछि प्रणालीले नै स्वतः करको हिसाबकिताब गरेर बक्यौता रहे नरहेको जानकारी तथा बक्यौता नरहेको अवस्थामा कर चुक्ता प्रणाली जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

साना करदाताको हकमा यो प्रणालीमा सहभागी हुन विभागले जारी गरेको आय विवरण तथा कर दाखिला फारम भने भर्नु पर्नेछ । उक्त फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, आफ्नो नाम, दस्तखत र मोबाइल नम्बर भने उल्लेख गर्नु पर्नेछ ।

यसरी करदाताले उपलब्ध गराएको उक्त फारमका आधारमा बैङ्कले विभागले तयार गरेको प्रणालीमार्फत तत्काल नै कर बक्यौता रहे नरहेको जानकारी, बक्यौता रहे तत्काल नै तिर्न सक्ने व्यवस्था र कर चुक्ता प्रणाली करदाताका लागि उपलब्ध गराउन सक्नेछ । यो प्रणालीमा करदाताले अबदेखि एक पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला पनि गर्न सक्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०७:१५:०१ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology