Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी हुँदैछ आज अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

यसरी हुँदैछ आज अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२, श्रावण २०७७
यसरी हुँदैछ आज अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड
images

काठमाडौं । आज अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने भएको छ ।

विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिएको हो । उक्त कम्पनीले रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म विक्री गरेको थियो ।

कुल कित्ता १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएर बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई विक्री गरिएको हो ।

विक्री प्रबन्धकका अनुसार उक्त कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ ओटा योग्य आवेदनबाट १ करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको छ ।

त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ ।

images
प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - ०७:०५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology