काठमाडौं । साउन महिनाको पहिलो दिनको कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ४२ अंकले बढेको छ । बिहीबार नेप्से ३२.४२ अंकले परिसूचक बढेर १ हजार ३९४ दशमलव ७७ विन्दुमा आएर बन्द भएको छ ।
१८० ओटा कम्पनीको १६ हजार ५४५ पटकको कारोबारमा १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको २९ लाख १४ हजार ५१८ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ६.८१ अंकले बढेर २ सय ९५.०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज नेप्से उसमूहमा रहेका १२ वटै समूहको शेयर मुल्य बढेको छ । बैकिङ ुम्रह ४०.९९ अंक, व्यापार समूह १३.९१ अंक, होटल्स समूह १२.२६ अंक, विकास बैंक ६०.०५ अंक, जलविद्यूत समूह ९.९२ अंक, वित्त समूह १६.८२ अंक, निर्जिवन विमा समूह ७९.३७ अंक, उत्पादन समूह ४५.५५ अंक, अन्य सूह ६.७९ अंक, लघुवित्त समूह ६.४८ अंक, जीवन विमा समूह १३१.१५ अंक र म्युचल फण्ड समूह ०.०३ अंकले बढेका छन् ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ, जसको यस दिन ९ करोड ४१ लाख ७२ हजार ५६४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनएमबि बैंकको ८ करोड २७ लाख ५७ हजार ५०८ रुपैयाँ, एनआईसी एशिया बैंकको ५ करोड ६८ लाख २१ हजार ६७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
आज एनआईसी एशिया लघुवित्तको ९.९६ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ९.१२ प्रतिशत, लक्ष्मी बैंकको ९.०९ प्रतिशत पोखरा फाइनान्सको ८.९० प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस दिन ओरियन्टल होटल्सको ६.३८ प्रतिशत, राधी विद्यूतम कम्पनीको ५.०३ प्रतिशतले गिरावट आएको छ ।
