काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ९० अंकले बढेको छ । आज नेप्से १४.९० अंकले परिसूचक बढेर १ हजार ३६२ दशमलव ३४ विन्दुमा आएर बन्द भएको छ ।
१८९ ओटा कम्पनीको १५ हजार ८५८ पटकको कारोबारमा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५२२ रुपैयाँ बराबरको ३२ लाख १२ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ४.०६ अंकले बढेर २ सय ८८.२४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज नेप्से उसमूहमा रहेका १२ वटा समूहमध्ये ८ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ४ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । आज बैकिङ समूह २४.३८ अंक, व्यापार समूह १२.९१ अंक, विकास बैंक समूह ६.९२ अंक, जलविद्युत समूह ४.८८ अंक, निर्जिवन विमा समूह ८.९१ अंक, अन्य समूह १०.७३ अंक र म्युचल फण्ड समूह ०.२२ अंकले वृद्धि भएको छ । उता होटल्स समूह ४५.४१ अंक, उत्पादन समूह २५.८३ अंक, लघुवित्त समूह ९.८ अंक र जीवन विमा समूह ४३.४१ अंकले गिरावट आएको छ ।
यस दिन एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ, जसको यस दिन १० करोड ४० लाख २५ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख ६२ हजार ५२९ रुपैयाँ, एनएमबि बैंकको ८ करोड ६० लाख ६३ हजार २५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
आज एनआईसी एशिया लघुवित्तको ९.९२ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–२ को ९.६३ प्रतिशत, वेष्ट फाइनान्स कम्पनीको ९.०९ प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस दिन मिथिला लघुवित्तको ५.४५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ४.७२ प्रतिशत, तारागाउँ रिजेन्सी होटल्सको ४.५९ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ ।
