Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तयार रहनुहोस, साउन ८ गतेदेखि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्काशन

तयार रहनुहोस, साउन ८ गतेदेखि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्काशन

दैनिकी न्यूज

३१, आषाढ २०७७
तयार रहनुहोस, साउन ८ गतेदेखि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्काशन
images

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दीका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये नुवाकोटको स्थानीयलाई २ लाख ९ हजार ३ सय ६५ कित्ता र म्यादीका स्थानीयलाई १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ । स्थानीय लगानीकर्ताले छिटोमा साउन २२ गतेसम्म र पुरै आवेदन नपरेको खण्डमा भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७७ बुधवार - ०९:२९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology