काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ दशमलव १२ अंकले बढेको छ । आज २.१२ अंकले नेप्से परिसूचक बढेर १ हजार ३४२ दशमलव ४० विन्दुमा आएर बन्द भएको छ ।
१८४ ओटा कम्पनीको १५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ बराबरको ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.८१ अंकले बढेर २ सय ८२.२३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज नेप्से उसमूहमा रहेका १२ वटा समूहमध्ये ७ वटा समूहको शेयर मुल्य बढेको छ । बाँकी ५ वटा समूहको शेयर मुल्यमा गिरावट आएको छ । यो दिन व्यापार समूह १.०६ अंक, वित्त समूह ६.५४ अंक, निर्जिवन विमा समूह ८०.५४ अंक, उत्पादन समूह १७.३५ अंक, अन्य ७.७८ अंक, लघुवित्त समूह ८२.६४ अंक र जीवन विमा समूह १९७.२४ अंकले बढेका छन् । उता बैकिङ समूह १.१४ अंक, होटल्स ५३.२२ अंक, विकास बैंक ४.०१ अंक, जलविद्यूत समूह ०.३८ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले घटेका छन् ।
यस दिन प्रभु बैंकको संस्थापक शेयर र नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार भएको छ । प्रभु बैंकको संस्थापक शेयरले १० करोड ७२ लाख ५० हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १० करोड २८ लाख १२ हजार ३४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स ९ लाख ५१ ३५ हजार ८७५ रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड ६८ लाख ५३ हजार ४४ रुपैया, एनआईसी एसिया बैंकको ४ करोड ७१ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो दिन ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल सेवा लघुवित्त, एनआईसी एसिया लघुवित्त र सानिमा बैंकको डिबेन्चरमा १० प्रतिशत बढ्यो भने गुराँस लघुवित्त र सूर्योदय लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो । आज मिथिला लघुवित्तको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले बढ्यो ।
आज ओरियन्टल होटेल्सको सेयरमूल्यमा सबैभन्दा धेरै ६.१३ प्रतिशतले गिरावट आएको छ । घलेम्दी हाइड्रोको ५.४५ प्रतिशत, सिन्धु विकास बैंकको ५.१९ प्रतिशतले गिरावट आएको छ ।