Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो अजोड इन्स्योरेन्सको आईपीओमा तेस्रोदिनसम्म

कति आवेदन पर्यो अजोड इन्स्योरेन्सको आईपीओमा तेस्रोदिनसम्म

दैनिकी न्यूज

२८, आषाढ २०७७
कति आवेदन पर्यो अजोड इन्स्योरेन्सको आईपीओमा तेस्रोदिनसम्म
images

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा तेस्रो दिनसम्ममा ५ दशमलव ४० गुणा बढी आवेदन परेको छ ।

बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार असार २८ गते बेलुका पाँच बजेसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन छ ।

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन गरेको छ । सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

यो आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ । भने खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।

अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १८:५४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology