Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से ९ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से ९ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२८, आषाढ २०७७
नेप्से ९ अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ९ दशमलव शून्य २ अंकले बढेको छ । आज ९.०२ अंकले नेप्से परिसूचक बढेर १ हजार ३४० दशमलव २९ विन्दुमा आएर बन्द भएको छ ।

१७९ ओटा कम्पनीको १६ हजार ८२६ पटकको कारोबारमा १ अर्ब ११ करोड १० लाख ९० हजार २७२ बराबरको २६ लाख ७८ हजार ५०७ कित्ता शेयर कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ०.९३ अंकले बढेर २ सय ८१.४२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज नेप्से उसमूहमा रहेका १२ वटा समूहमध्ये ७ वटा समूहको शेयर मुल्य बढेको छ । बाकी ५ वटा समूहको शेयर मुल्यमा गिरावट आएको बछ । यो दिन जीवन बीमा समूह १९७.२४ अंकले बढ्यो । त्यस्तै लघुवित्त समूहमा ८२.६४ अंक, निर्जीवन बीमा समूहमा ८०.५४ अंक, उत्पादन तथा प्रशोधन समूहमा १७.३५ अंक, अन्य समूहमा ७.७८ अंक, वित्त समूहमा ६.५४ अंक र व्यापार समूहमा १.०६ अंकको बढ्यो । उता होटेल्स् समूह ५३.२२ अंक, विकास बैंक समूह ४.०१ अंक, बैंकिङ समूह १.१४ अंक, जलविद्युत् समूह ०.३८ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको गिरावट आएको छ ।

3-28 sector.PNG
यस दिन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड ४ लाख ४१ हजार २८३ रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १४ करोड ३४ लाख ४८ हजार ४६० रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी एनआईसी एसिया बैंकले ४ करोड ४८ लाख ७५ हजार ९५२रुपैयाँ, ग्लोबल आईएमई बैंकले ४ करोड ४४ लाख ६६ हजार ६५६रुपैयाँ, हिमालयन डिस्टिलरीले २ करोड ८३ लाख १५ हजार ७२ रुपैया बराबरको कारोबार भएको छ ।

3-28 turnover.PNG

आज ६ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्त, गणपति माइक्रोफाइनान्स, मिथिला लघुवित्त, एनआईसी एसिया लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतले बढेको छ ।

3-25 gainer.PNG

आजको दिन तिनाउ मिसन विकास बैंक र जोशी हाइड्रोपावरका सेयरधनीहरुले गुमाए । यी दुवै कम्पनीका सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ ।

3-25 looser.PNG

 

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - १६:५८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology