Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आइएमई लाइफले आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो

आइएमई लाइफले आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो

दैनिकी न्यूज

२७, आषाढ २०७७
आइएमई लाइफले आइपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुग्यो
images

काठमाण्डौ । आइएमई लाइफले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा असार २२ गते आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

आर्ईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल आईएमई लाइफको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैंया रहेको छ । सर्वसाधारणमा ६० करोड रुपैंयाको शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्व रुपैयाँ कायम हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०६:४४:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology