काठमाडौं । बिहीबार साढे दुई घण्टाको कारोबारमा नेप्से परिसूचक ०.१२ अंक घटेर एक हजार ३२६.४२ विन्दुमा झरेको छ। बजार घटेपनि सो अवधिसम्ममा ३ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया लघुवित्त र वोमी माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस अवधिसम्ममा १७५ कम्पनीहरुको ६ हजार ६३० पटकको कारोबारमा ५३ करोड ६३ लाख ८८ हजार ३७४ रुपैयाँ बराबरको १३ लाख ७८ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस समयमा बैकिङ, व्यापार र लघुवित्त समूह बाहेक सबै समुहको शेयर मूल्य उकालो लागेको छ ।