काठमाडौं । साधना लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरमा अन्तिम दिन सम्ममा झण्डै १७ गुणा बढी आवेदन परेको छ।
लघुवित्तको आइपीओ बुधबार साँझ पाँच बजेसम्ममा ४ लाख ५५ हजार ८४१ जना आवेदकबाट १ अर्ब ११ करोड ९१ लाख एक हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ९१ हजार १० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो बिक्रीमा ल्याइएको शेयरको १६ दशमलव ९२ गुणा धेरै हो।
लघुवित्तको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । कम्पनीले एकसय रुपैयाँ अंकित ७ लाख ७ हजार ८ सयकित्ता आइपीओ निष्काशन गरेको हो । यसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरेको थियो ।