Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से दोहोरो अंकले गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से दोहोरो अंकले गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२४, आषाढ २०७७
नेप्से दोहोरो अंकले गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०.१३ अंकले घटेर १ हजार ३२६.५३ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि २.६४ अंकले घटेर २ सय ७९.९५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १७९ वटा कम्पनीको २९ लाख ७७ हजार ७०६ कित्ता शेयर किनवेच भई १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १९ हजार ५४१ वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका व्यापार र म्युचल फण्ड बाहेक बाँकी सबै समूहको शेयर मूल्य घटेको छ । बैकिङ समूह १०.७९ अंक, होटल्स समूह ४२.४२ अंक, विकास बैंक समूह ७.०१ अंक, जलविद्यूत समूह ८.६८ अंक, वित्त समूह १.७८ अंक, निर्जीवन बीमा समूह ३०.१३ अंक, उत्पादन १३.०८ अंक, अन्य २.८ अंक, लघुवित्त १०.१३ अंक, जीवन विमा समूह ६०.२९ अंकले घटेका छन् । यता व्यापार समूह १५.३१ अंक र म्युचल फण्ड समूह ०.१ अंकले बढेका छन् ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल पुर्नविमा कम्पनीको धेरै कारोबार भएको छ । जसको २५ करोड ५७ लाख ९९ हजार ६८१ रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १४ लाख ९ हजार ८५३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर ६ करोड ३१ लाख ८० हजार, एनएमबी बैंकको ४ करोड ४४ लाख १८ हजार ९३५ रुपैया, छिमेक लघुवित्तको ३ करोड ९१ लाख ३६ हजार ५२५रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
आज सूर्योदय लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ । त्यस्तै आशा लघुवित्तको ७.५४ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको ६.२२ प्रतिशत, तिनाहु मिसन डेभलपमेन्ट बैंकको ५.८८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०८ प्रतिशत, पुनविमा कम्पनी ४.९६ प्रतिशत शेयर मूल्य बढेका छन् ।

सर्वाधिक गुमाउने कम्पनी
आज तारा गाउँ रिजेन्सीको ६.९८ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ । त्यस्तै कालीका पावर कम्पनीको ५.५६ प्रतिशत, नेशनल हाइड्रोपावरको ५.२६ प्रतिशतले गिरावट आएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १५:२१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology