Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साधना लघुवित्तको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

साधना लघुवित्तको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

दैनिकी न्यूज

२३, आषाढ २०७७
साधना लघुवित्तको आइपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?
images

काठमाडौं । साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आर्इपीओमा तीन दिनमा साढे १३ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आइपीओ मंगलबार साँझ पाँच बजेसम्ममा ३ लाख ६८ हजार ९ सय ९६ जना आवेदकबाट ९० करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको ९० लाख ८७ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो बिक्रीमा ल्याइएको शेयरको १३ दशमलव ७३ गुणा धेरै हो।

साधना लघुवित्तको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले एकसय रुपैयाँ अंकित ७ लाख ७ हजार ८ सयकित्ता आइपीओ निष्काशन गर्न लागेको हो । यसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला हुनेछ ।

उक्त कम्पनीको आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । हालसम्ममा कम्पनीले ६० ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १९:५०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology