Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी भयो एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड

यसरी भयो एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२०, आषाढ २०७७
यसरी भयो एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड
images

काठमाडौं । आज एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

१६ हजार ४९७ जना आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी रहेका ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो ।

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आकारको आइपीओमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर हात पारेका छन् । थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट थप १० कित्ताको दरले सेयर पाएका छन् ।

यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । जसमा ५.१९ गुणा बढी आवेदन अर्थात २ करोड ३० लाख ३९० कित्ताका लागि आवेदन परेको थियो । 

 

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - ०९:४७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology