Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एनआइसी एसिया लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

एनआइसी एसिया लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

दैनिकी न्यूज

२०, आषाढ २०७७
एनआइसी एसिया लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै
images

काठमाडौं।  एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओ आज शनिबार बाँडफाँट हुने भएको छ ।  शनिबार बिहान ९ः३० बजे  आइपीओ  बाँडफाँट हुने कार्यक्रममा लगानीकर्तालाई सहभागी नहुन भनिएको छ।    बिक्री प्रबन्धकको अनुसार बाँडफाँट कार्यक्रम जानकारी डिजिटल प्रणालीबाट गराइने छ।  

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदकले  न्यूनतम १० कित्ता  पाउने देखिएको छ । कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको थियो

यो लघुवित्त क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो आइपीओ  हो।   यस आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यी मध्यमा योग्य आवेदक भने ३ लाख ९७ हजार ७४१ जना रहेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - ०८:३१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology