काठमाडौं । आइतबार एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीले बिहीबार प्रि–अलोटमेण्ट गरेको हो ।
एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यी मध्यमा योग्य आवेदक भने ३ लाख ९७ हजार ७४१ जना रहेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
आवेदकको संख्याको आधारमा हालको व्यवस्थाबाट सबैले पहिलो चरणमा १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यस पछि बाँकी रहेको शेयर गोलाप्रदाद्वारा वितरण गर्दा ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ता शेयर हात पार्नेछन् ।