Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एनआईसी एशिया लघुवित्तको आईपीओ प्रि–अलोटमेण्ट आज

एनआईसी एशिया लघुवित्तको आईपीओ प्रि–अलोटमेण्ट आज

दैनिकी न्यूज

१८, आषाढ २०७७
एनआईसी एशिया लघुवित्तको आईपीओ प्रि–अलोटमेण्ट आज
images

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ आज प्रि–अलोटमेण्ट हुने भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले बिहान १० बजे प्रि–अलोटमेण्ट गर्ने जानकारी दिएको हो ।

आईपीओ बाँडफाँट गर्नुपूर्व तीन कार्यदिन अघि प्रि–अलोटमेण्ट गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था बमोजिम क्यापिटलले प्रक्रिया पूरा गर्न लागेको हो । प्रि-अलोटमेण्ट गरेको तीन कार्यदिनभित्र आईपीओ बाँडफाँट गर्नुपर्ने व्यवस्था अनुसार सोमवार बाँडफाँट गर्नुपर्ने हुन्छ । क्यापिटलले बोर्डले निर्देशन दिएमा त्यस अघि पनि गर्न सकिने बताएको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको माग गर्दै आवेदन परेको छ ।

जुन मागभन्दा ५ गुणा बढी हो । अहिलेको व्यवस्था अनुसार सबै आवेदकलाई १० कित्ता पर्ने र बाँकी गोलाप्रथाद्वारा वितरण गर्दा बढी पाउनेले २० कित्तासम्म पाउने देखिन्छ ।

असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्ये ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

हाल रू। १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन पश्चात चुक्तापूँजी रू। १ अर्ब ४८ करोड पुग्नेछ । आर्थिक अभियानबाट

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०६:३७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology