Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजारमा उछाल, नेप्से ६ प्रतिशतले बढ्यो, आजको लागि बजार बन्द

शेयर बजारमा उछाल, नेप्से ६ प्रतिशतले बढ्यो, आजको लागि बजार बन्द

दैनिकी न्यूज

१७, आषाढ २०७७
शेयर बजारमा उछाल, नेप्से ६ प्रतिशतले बढ्यो, आजको लागि बजार बन्द
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६ प्रतिशतभन्दा धेरैले बढेपछि आजको लागि बजार बन्द भएको छ । बजार खुलेको १ घण्टा २३ मिनेटमा नेप्से सूचक ६ प्रतिशत अर्थात ७५.७७ अंकले बढेर १ हजार ३३६.५३ विन्दुमा पुगेको छ ।

खुलेदेखि नै लगातार बढ्न थालेको बजार पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा ५ प्रतिशतले बढेको थियो । सो पश्चात ४० मिनेटपछि खुलेको बजार फेरी ६ प्रतिशतले बढे पछि बुधबारको लागि शेयर कारोबार स्थगन भएको हो ।

यस दिन नेप्से ६३.०६ अंकले बढेर १ हजार ३२३.८१ बिन्दुमा आएर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १२.२१ अंकले घटेर २ सय ८४.१३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १३५ वटा कम्पनीको ११ लाख १ हजार २ कित्ता शेयर किनवेच भई ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ हजार ८ सय ९० वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये होटल्स समूह बाहेक सबै परिसूचकको शेयर मूल्य बढेका छ । बैकिङ ८२.३ अंक, व्यापार ३३.४८ अंक, विकास बैंक ५७.०६ अंक, जलविद्यूत ३३.६७ अंक, वित्त ४.७५ अंक, निर्जिवन विमा ३२२.४१ अंक, उत्पादन १०२.५७ अंक, अन्य २०.९४ अंक, लघुवित्त १०१.२३ अंक, जीवन विमा ५४८.५३ अंक र म्युचल फण्ड ०.०१ अंकले बढेको छ । तर होटल समूह ५.१५ प्रतिशतले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले धेरै कारोबार गर्यो । जसको ६ करोड ७६ लाख ९४ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भयो । कुमारी बैंकको संस्थापक शेयरको ४ कराड ९९ लाख ५० हजार, हिमालयन डिष्टिलरीको ४ करोड २४ लाख ७८ हजार ७५ रुपैया, शिभम सिमेन्टको २ करोड ५७ लाख ८१ हजार ११४, एनआईसि एशियाको १ करोड ७८ लाख ७४ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएका छन् ।

सर्वाधिक कमाउने कम्पनी
बुधबार डेढ दर्जन भन्दा बढी कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सिटिजन्स बैकको १० प्रतिशत, साना किसान बैंकको ९.९८ प्रतिशत, नागरिक लगानी कोषको ९.९७ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ९.९७ प्रतिशत, आरएमडिसी लघुवित्तको ९.९५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस्तै, आज ६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेशनल माइक्रोफाइनान्सको ३.९२ अंक, ओरियन्टल होटलको ३.२७ अंक, नेपाल टेलीकमको ३.३५ अंक, गुहेश्वर मर्चेट बैंक एण्ड फाइनान्सको १.७९ अंक, आईसिएफसि फाइनान्सको २ प्रतिशत र बरुण हाइड्रोपावरको १ प्रतिशतले शेयर मुल्यमा गिरावट आएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १२:५६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology