Logo

शनिवार, आश्विन २४ गते २०८३

images

असार २५ गतेदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन

असार २५ गतेदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन

दैनिकी न्यूज

१७, आषाढ २०७७
असार २५ गतेदेखि अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन
images

काठमाडौं । असार २५ गतेदेखि अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने गर्ने भएको छ । कम्पनीले बुधवार आव्हान पत्र जारी गर्दै ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने जानकारी दिएको हो ।

सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

यो आईपीओमा छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहनेछ । भने खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।

अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - ११:०८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology