Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजार दोहोरो अंकले गिरावट

शेयर बजार दोहोरो अंकले गिरावट

दैनिकी न्यूज

१५, आषाढ २०७७
शेयर बजार दोहोरो अंकले गिरावट
images

काठमाडौं । लकडाउनको लामो समयपछि आजदेखि खुलेको बजार सुरुआती अवस्थामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट देखिएकोमा रिबाउन्स भएको हो ।

आज कारोबार सुरु भएको ४० मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशत बढीको गिरावट आएपछि कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पनि खुलेको बजार पहिरो जाने क्रम नरोकिए पनि पछिल्लो ३० मिनेटको अवधिमा नेप्से परिसूचक रिबाउन्स हुन थालेको छ ।

सोमबार नेप्से दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १२.८७ अंकले घटेर १ हजार ११८८.७० बिन्दुमा आएर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ४.०३ अंकले घटेर २ सय ५६.२९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

कुल १३० वटा कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता शेयर किनवेच भई ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ४ हजार ८६२ वटा कारोबार भएका छन् ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । आज जीवन बिमा समूह २३७.६२ अंकको बड्यो । त्यस्तै उत्पादन तथा प्रशासन समूह १०२.९८ अंक, व्यापार समूह ३९.३४ अंक र अन्य समूह २०.०६ अंकले बढ्यो । निर्जीवन बीमा समूहमा १०१.४६ अंकको गिरावट देखिएको यो दिन विकास बैंक समूह ६३.०६, बैंकिङ समूहमा २५.२२ अंक, होटेल्स समूहमा २६.४४ अंक, जलविद्युत समूहमा १३.३४ अंक, वित्त समूहमा ४.०९ अंक, लघुवित्त समूहमा ३९.३७ र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन डिस्टिलरीले धेरै कारोबार गर्यो । जसको ३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भयो । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ७७ लाख, एनआईसी एसिया बैंकले २ करोड ५८ लाख र नबिल बैंकले २ करोड १६ लाख रुपैयाँ बढीको कारोबार गरेका छन् । त्यस्तै एनएमबी बैंकले १ करोड ५२ लाख, नेपाल बैंकले १ करोड ४३ लाख, शिवम् सिमेन्टले १ करोड ४२ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड १९ लाख, ग्लोबल आईएमई बैंकले १ करोड १६ लाख र छिमेक लघुवित्तले १ करोड ३ लाख रुपैयाँ बढीको कारोबार गरेका छन् ।

सर्वाधिक कमाउने कम्पनी
सोमबार पहिलो सर्किट ब्रेक लागेर पुनः सुचारु भएको शेयरबजारमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट ब्रेक लाग्ने कम्पनीहरुमा नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक शेयरमा रहेका छन् । यी कम्पनीको शेयर मूल्य करिब १० अंकले बढेका छन् । त्यस्तै शिवभ सिमेन्टको ८.५ प्रतिशतले वृद्धि गरेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस्तै, आज तीनवटा कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । स्वावलम्बन विकास बैंकको ९(९९ प्रतिशत, नेपाल रिइन्स्योरेन्स कम्पनीको ९.९१ प्रतिशत, आशा लघुवित्त वित्तीय संस्थाको ९.९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै इन्फिनिटी लघुवित्तको ९.१६ प्रतिशत र साञ्जेन जलविद्युत कम्पनीको ८.७६ प्रतिशतले गुमाए ।
 

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १५:५७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology