Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा तेस्रो दिनसम्म ?

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा तेस्रो दिनसम्म ?

दैनिकी न्यूज

१३, आषाढ २०७७
कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा तेस्रो दिनसम्म ?
images

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा तेस्रो दिनसम्ममा साढे ३ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

असार १२ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा २ लाख ९७ हजार ८९३ जना आवेदकबाट १ अर्ब ६६ करोड २८ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २८ हजार ३१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ३.७४ गुणा धेरै हो।

उक्त कम्पनीले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

मागभन्दा बढी आवेदन परिसकेकाले निष्कासनको छिटो अवधि असार १४ गनेसम्म मात्र आईपीओ विक्री खुला रहने विक्री प्रवन्धक सानिमा क्यापिटलले बताएको छ ।

यो आईपीओ खरीद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०६:३७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology