Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा ?

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा ?

दैनिकी न्यूज

११, आषाढ २०७७
कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आईपीओमा ?
images

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवारदेखि विक्रीमा रहेको उक्त कम्पनीको आईपीओमा बुधवार साँझ ५ बजेसम्म ७५ हजार आवेदकहरुबाट ४४ लाख ५० हजार कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्ये ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले असार १४ को छिटो अवधिभित्रै विक्री बन्द हुने निश्चित भएको छ ।

उक्त कम्पनीको आईपीओ खरीद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

उक्त कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - ०७:०५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology