Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एनआईसी एशिया लघुवित्तको आईपीओ आजदेखि निष्काशन

एनआईसी एशिया लघुवित्तको आईपीओ आजदेखि निष्काशन

दैनिकी न्यूज

१०, आषाढ २०७७
एनआईसी एशिया लघुवित्तको आईपीओ आजदेखि निष्काशन
images

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गते बुधबारदेखि आईपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो ।

करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट निष्कासनको स्वीकृति पाएसँगै एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले एकसय अंकित ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।

जस मध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

बाँकी ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४५ लाख रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात उक्त पूँजी रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ।

कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यलयबाट आवेदन गर्न सकिने छ। साथै मेरो शेयर प्रयोगकर्ताले मोरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०७:३७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology