Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१० महीनामा ३० अर्बभन्दा बढीको धितोपत्र विक्री गर्न अनुमति

१० महीनामा ३० अर्बभन्दा बढीको धितोपत्र विक्री गर्न अनुमति

दैनिकी न्यूज

८, आषाढ २०७७
१० महीनामा ३० अर्बभन्दा बढीको धितोपत्र विक्री गर्न अनुमति
images

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कुल रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र विक्रीका लागि अनुमति दिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिंदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले रू। २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र विक्रीका लागि अनुमति दिएको छ । यस्तै रू। ४ अर्ब ४१ करोड बराबरको हकप्रद शेयर, रू। ३ अर्ब २३ करोड बराबरको साधारण शेयर र रू. १ अर्ब ८० करोड बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले बताएको छ ।

गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रू. १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा रू. ३१ अर्ब ५० करोडले कुल बजार पूँजीकरणमा कमी आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २१२ ओटा रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८ ओटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ ओटा जलविद्युत् कम्पनी, १९ ओटा उत्पादन र प्रशोधन उद्योग, चारर चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् ।

गत असारमा सूचीकृत कम्पनीको संख्या २१५ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८० दशमलव १ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५ दशमलव ९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३ दशमलव ८ प्रतिशत, होटेलको हिस्सा १ दशमलव ३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव ३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८ दशमलव ६ प्रतिशत रहेको छ ।

स्टकमा गत वैशाखसम्म सूचीकृत कुल ४ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य रू।४ खर्ब ६० अर्ब ६१ करोड रहेको छ ।

चालू आवको १० महीनामा रू. २६ अर्ब २५ करोड बराबरका बोनस शेयर, रू. २१ अर्ब ४६ करोड बराबरका ऋणपत्र, रू. १२ अर्ब १६ करोड बराबरका साधारण शेयर, रू. ५ अर्ब ७५ करोड बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), रू. ४ अर्ब ११ करोड बराबरका हकप्रद शेयर र रू. ११ अर्ब ८३ करोड बराबरका अन्य गरी कुल रू. ८१ अर्ब ५५ करोड बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले बताएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १७:११:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology