Logo

शनिवार, आश्विन २४ गते २०८३

images

असार १४ गतेदेखि गुराँस लाइफको हकप्रद निष्कासन

असार १४ गतेदेखि गुराँस लाइफको हकप्रद निष्कासन

दैनिकी न्यूज

८, आषाढ २०७७
असार १४ गतेदेखि गुराँस लाइफको हकप्रद निष्कासन
images

काठमाडौं । असार १४ गतेदेखि गुँरास लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले यस अघि चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने जनाएकोमा बन्दाबन्दीको कारण हकप्रद बिकी स्थगित भएको थियो ।

कम्पनीले लकडाउन खुकोलो भएसँगै असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि गर्ने जनाएको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिकी प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद बिक्रिको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले तोेके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १२:१७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology