Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, आषाढ २०७७
मंगलबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो ।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन् । विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो ।

3-2.PNG

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - १०:५७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology