Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नयाँ इन्स्योरेन्स कम्पनीको सात करोड १८ लाख कित्ता आईपीओ आउँदै

नयाँ इन्स्योरेन्स कम्पनीको सात करोड १८ लाख कित्ता आईपीओ आउँदै

दैनिकी न्यूज

१, आषाढ २०७७
नयाँ इन्स्योरेन्स कम्पनीको सात करोड १८ लाख कित्ता आईपीओ आउँदै
images

काठमाडौं । कम्पनी ऐन अन्तर्गत दर्ता भई बीमा सेवा दिदै आएका १३ ओटा नयाँ इन्स्योरेन्स कम्पनीले ७ करोड १८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।

१० ओटा जीवन बीमा र ३ ओटा निर्जीवन बीमा कम्पनीले उक्त आईपीओ निष्कासन गर्ने भएका हुन् । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू। २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू। १ अर्ब पुर्‍याउनुपर्ने भएकाले ती कम्पनीहरुले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

१३ ओटा कम्पनी मध्ये एक निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्रमा बोर्डमा विसं २०७६ माघ २१ निवेदन दिइसकेको छ ।

बोर्डबाट स्वीकृती पाएपछि उक्त कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ ।

आईपीओ निष्कासन भइ बाडफाँट पछि पूँजी रू. १ अर्ब पुग्नेछ । आईपीओ निष्कासन गर्नको लागि उक्त कम्पनीले विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई तोकेको छ । १३ ओटा कम्पनी मध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू। ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

हालसम्ममा आईपीओ निष्कासन गर्नको लागि ६ ओटा कम्पनीले रेटिङ गराएका छन् । आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र अजोड इन्स्योरेन्सले रेटिङ गराएका हुन् ।

यी ६ ओटा कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

आर्थिक अभियानमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०६:३०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology