Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२८, जेठ २०७७
पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ। बुधबार कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कुल १० करोड कित्ता शेयरमध्ये सर्वसाधरणलाई निष्काशन गरेको एक करोड ६० लाख कित्ता र संस्थापक तर्फको ८ करोड ४० कित्ता शेयर रहेको छ।

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका गरेको थियो।

त्यसमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारी, ८ लाख कित्ता शेयर सामुहिक लगानी कोष र सर्वसाधारण लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ। सर्वसाधारणलाई निष्काशन गरेको उक्त शेयर चैत २६ गते बुधबार बाँडफाँड भएको थियो ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १५:२९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology