Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो

बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२८, जेठ २०७७
बुधबार पनि ह्वात्तै सुनको भाउ बढ्यो
images

काठमाडौं । बुधबार सुन तोलामा नौसय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ८८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार तीन सय रुपैयाँ तोकेको छ।

करिब साढे २ महीनापछि महासंघले आइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेकोमा सो पश्चात लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको हो । आइतबार १० हजार चार सय रुपैयाँ बढाएर नयाँ मूल्य तोकेको थियो भने त्यसपश्चात सोमबार एक सय रुपैयाँ र मंगलबार पनि दुइ सय रुपैयाँले बढेको थियो।

मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १४:३८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology