Logo

शनिवार, आश्विन २४ गते २०८३

images

इन्भेस्टमेन्ट बैंकले २ अर्बको मुद्दा जित्यो

इन्भेस्टमेन्ट बैंकले २ अर्बको मुद्दा जित्यो

दैनिकी न्यूज

२८, जेठ २०७७
इन्भेस्टमेन्ट बैंकले २ अर्बको मुद्दा जित्यो
images

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ। बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।

तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई– केमेन्टिस्टी ९सीएमसी०ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन। कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीबापतको रकम बैंकसँग दाबी गरेको थियो। उत्तिनै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेस्टमेन्ट बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो।

सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटालीको बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो ९१ अर्ब १९ करोड रुपैयाँ हाराहारी० ग्यारेन्टी दिएको थियो।

ग्यारेन्टीबापतको पैसा डुबेपछि इन्भेस्टमेन्ट बैंक राष्ट्र बैंकको प्रावधानअनुसार नोक्सानी ब्यवस्थापन ९प्रोभिजनिङ० गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो। अब बैंकलाई यो दबाब हुनेछैन।

बैंकले मुद्दा जितिसकेकोले पैसाका लागि क्लेम गरिसकेको छ । यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको छ । मुद्दा लड्न मात्रै बैंकको करिब ४ करोड रुपैयाँ खर्च भएको बताइएको छ । राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ०७:१३:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology