Logo

सोमवार, आश्विन १९ गते २०८३

images

सुनको भाउ फेरि घट्यो, चाँदी पनि ओरालो

सुनको भाउ फेरि घट्यो, चाँदी पनि ओरालो

दैनिकी न्यूज

१९, आश्विन २०८३
सुनको भाउ फेरि घट्यो, चाँदी पनि ओरालो
images

काठमाडौं । लगातार दोस्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि शुक्रबार भने सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको थियो।

गत साताको सोमबार र मंगलबार मात्रै सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। त्यसपछि केही दिन बढेको सुनको भाउ फेरि निरन्तर घट्न थालेको हो।

यता चाँदीको भाउमा पनि गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३ सय ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

नेपाली बजारमा सुनको भाउले गत माघ १५ गते हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। त्यस दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको भाउ पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँसम्म पुगेको थियो। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो।

माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। यो पनि चाँदीको मूल्यमा एकै दिन आएको हालसम्मकै ठूलो गिरावट हो।

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - ११:२१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology