Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

१२, आश्विन २०८३
सुनको भाउ घट्यो
images

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ ।

त्यस्तै, सोमबार १० ग्राम सुनको भाउ २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, १० ग्राम चाँदीको भाउ सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ । आइतबार यसको भाउ ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो ।

images
प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ११:१४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology