ललितपुर । अविरल वर्षापछि पहिरो खस्दा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत पाँचधुरे र टाँकुर्चेमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो खसेको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
यता, कान्तिलोकपथको मकवानपुर खण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।