Logo

बिहिवार, आश्विन १ गते २०८३

images

सिटिजन्स बैंकको लाभांश घोषणा

सिटिजन्स बैंकको लाभांश घोषणा

दैनिकी न्यूज

१, आश्विन २०८३
सिटिजन्स बैंकको लाभांश घोषणा
images

काठमाडौं ।। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।  

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको छ ।  

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । 

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ०६:५६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology