Logo

सोमवार, भाद्र २९ गते २०८३

images

बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

दैनिकी न्यूज

२२, भाद्र २०८३
बेनी हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
images

काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले आम सर्वसाधारणका लागि भदौ २२ गतेदेखि प्रतिकित्ता रु। १०० अंकित दरका ८ लाख ६३ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणलाई छुट्टाइएको मध्येबाट २ प्रतिशतले हुन आउने २० हजार ८ सय कित्ता सेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने १ लाख ४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र जारीपूँजीको १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी तथा बाँडफाँड सम्पन्न गरी बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

सर्वसाधारणलाई जारी गर्न लागिएको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ २५ र ढिलोमा असोज ५ गते रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसको अर्थ समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा कम्पनीमा मध्यम जोखिम रहेको जनाउछ । 

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - ०७:४८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology