Logo

सोमवार, भाद्र २९ गते २०८३

images

नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा

नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा

दैनिकी न्यूज

२२, भाद्र २०८३
नबिल बैंकको १५.८० प्रतिशत लाभांश घोषणा
images

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयरको कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ । 

images
प्रकाशित मिति :भाद्र २२, २०८३ सोमवार - ०७:४६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology