Logo

सोमवार, भाद्र २९ गते २०८३

images

शिवजी क्षेत्री र अञ्जली अधिकारीको ‘कसले चोर्‍यो मन’ तिजलगत्तै सार्वजनिक हुँदै

शिवजी क्षेत्री र अञ्जली अधिकारीको ‘कसले चोर्‍यो मन’ तिजलगत्तै सार्वजनिक हुँदै

दैनिकी न्यूज

२१, भाद्र २०८३
शिवजी क्षेत्री र अञ्जली अधिकारीको ‘कसले चोर्‍यो मन’ तिजलगत्तै सार्वजनिक हुँदै
images

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कलाकार शिवजी क्षेत्री र चर्चित मोडल तथा अभिनेत्री अञ्जली अधिकारी अभिनीत नयाँ गीत ‘कसले चोर्‍यो मन’ तिजलगत्तै सार्वजनिक हुने भएको छ।

गीतको भिडियो ‘लाइभ म्युजिक नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियोमा क्षेत्रीको मुख्य अभिनय, कोरियोग्राफी तथा निर्देशन रहेको छ भने अधिकारीले पनि मुख्य भूमिका निर्वाह गरेकी छन्। भिडियोमार्फत सिकारी र गाउँले युवतीबीचको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

जेबी ओली संगीत (जीवन) को प्रस्तुतिमा तयार भएको गीतमा जेबी ओली संगीत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। गीतका शब्द हेमनाथ खरेलले लेखेका हुन् भने थेगो जयसागर गिरीको रहेको छ। गीतमा संगीत बीबी अनुरागीले दिएका छन्।

गीतको संगीत संयोजन केशव बादीले गरेका छन्। रेकर्डिङ गोविन्द अनेकले गरेका हुन् भने स्वर सम्पादन कमल थापाले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ श्याम रसाइलीले प्रिज्म स्टुडियोमा गरेका हुन्।

भिडियोको छायांकन सुनिल राउतको टोलीले गरेको छ भने सम्पादन नवीन घर्ती मगरले गरेका छन्। शृङ्गार माही सिंहको रहेको छ।

निर्माण पक्षले शिवजी क्षेत्रीको कोरियोग्राफी र निर्देशन तथा अञ्जली अधिकारीसँगको अभिनयले भिडियो आकर्षक बनेको जनाएको छ। तिजलगत्तै सार्वजनिक हुने गीतलाई दर्शक तथा श्रोताले रुचाउने विश्वास निर्माण टोलीको छ।

images
प्रकाशित मिति :भाद्र २१, २०८३ आइतवार - ०५:३३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology