Logo

मंगलवार, भाद्र १६ गते २०८३

images

सुनको मूल्य एकैदिन ९ हजार ५ सय रुपैयाँ घट्यो

सुनको मूल्य एकैदिन ९ हजार ५ सय रुपैयाँ घट्यो

दैनिकी न्यूज

१४, भाद्र २०८३
सुनको मूल्य एकैदिन ९ हजार ५ सय रुपैयाँ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार पनि सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको थियो। त्यस्तै, बिहीबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।

त्यसैगरी, माघ १५ गते चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

माघ १८ गते भने चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। यो चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो गिरावट भएको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १४, २०८३ आइतवार - ११:२७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology