काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख २० हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको थियो ।