Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनकल्याणद्वारा शुभकामना आदानप्रदान तथा सहयोगी संघसंस्थालाई सम्मान

जनकल्याणद्वारा शुभकामना आदानप्रदान तथा सहयोगी संघसंस्थालाई सम्मान

रामहरि कार्की

२९, आश्विन २०८०
जनकल्याणद्वारा शुभकामना आदानप्रदान तथा सहयोगी संघसंस्थालाई  सम्मान
images

काठमाडौं । बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयले विजयादशमी, दिपावली, छट लगायत चाडपर्वको शुभकामना आदानप्रदानसँगै विद्यालयलाई सहयोग गर्ने सहयोगी निकायहरुलाई सम्मान गरिएको छ । शनिबार विद्यालय प्रांगढमा आयोजित कार्यक्रममा विद्यालयलाई बस उपलब्ध गराउने भारतीय राजदुतावास, नेपाल भारत सम्पर्क समाज, शिक्षा समन्य इकाई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, समाजसेवी, जनप्रतिनिधि, शिक्षकलगायतलाई सम्मान गरिएको हो ।

जनकल्याण मावि सामुदायिक विद्यालयमध्ये अब्बल मानिन्छ । हाल विद्यालयमा तीन हजार भन्दा बढी विद्यार्थी संख्या रहेको छन् । विद्यालयलाई योे अवस्थासम्म ल्याईपुर्याउन मद्दत गरेको भन्दै विद्यालयले विजयादशमी, दिपावलीलगायतको मुख्य चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै सहयोगीहरुलाई सम्मान व्यक्त गर्न विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुतावासका सेकेन्ड सेक्रेटरी प्रशान्त सोना, शिक्षा मन्त्रालयका सह सचिव डा हरि लम्साल, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइराला, शिक्षा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल, विद्यालयका सल्लाहकार कृष्ण कुमार न्यौपाने लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुतावासका सेकेन्ड सेक्रेटरी प्रसान्त सोनाले नेपाल भारत सम्बन्ध हरेक हिसाबले निकट रहेको भन्दै भोलीका दिनहरुमा पनि सहयोग गर्ने बताए । विद्यालयलाई तीन महिनाअघि भारत सरकारले स्कूल बस हस्तान्तरण गरेको थियो ।

विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले ठूलो मेहनेतका कारण जनकल्याण माविलाई यो अवस्थामा ल्याउन सकिएको बताइन् । उनले जनकल्याणलाई योे अवस्थासम्म ल्याउनको लागि सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै सबैको सहयोगले नै विद्यालयले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताइन् । ‘जनकल्याण मावि २०१० देखि सतलबाट सुरु भएको थियो, ०४२ सम्म सतलमै थियो भने त्यसयता भवन निर्माण भएको थियो, म आएपछि विद्यालयलाई सपार्नको लागि धेरै काम भए, विद्यालयलाई यो अवस्थासम्म ल्याउन टिमवर्क र महागरको सहयोगले सम्भव भएको हो,‘ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति र सहकर्मीहरुको हातेमालो नभएको भए विद्यालय आज यो अवस्थासम्म आइपुग्ने थिएन ।’ उनले आफू प्रअको रुपमा काम गर्दा सबैको सहयोग मिलेको र केहिदिनमै अवकास लिने जानकारी समेत गराइन् ।

शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले सामुदायिक विद्यालयमध्ये जनकल्याण निकै व्यवस्थित बनेको भन्दै यसको श्रेय प्रअ र विद्यालय व्यवस्थापन समितिलाई दिए । उनले विद्यालयलाई यो अवस्थासम्म ल्याउन अग्रजहरुले निकै महत्वपूर्ण भुमिका निभाएकोले काम गर्नेलाई जस दिनु आवश्यक रहेको बताए । ‘काम गर्नृेलाई जन दिने हाम्रो चलन न्युन छ, तर काम गर्नेलाई जस दिनुपर्छ, अग्रजलाई सम्मान गर्न नयाँ पुस्ताले पनि सिक्नुपर्छ,’ उनले भने, ‘काम नगरी हुदैन गरेरै देखाउने हो, जनकल्याणले गरेरै देखाएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु ।’

सहसचिव लम्सालले नेपालको शिक्षा अझ त्यसमा पनि समुदायिक विद्यालयको शिक्षा नराम्रो छ भन्ने भास्य चिर्नलाई राम्रो कामहरु गर्न आवश्यक रहेको र भएका राम्रा कामहरुलाइ बाहिर ल्याउन आवश्यक रहेको पनि बताए । ‘साना नानीबाबु र नयाँ पुस्तालाई अग्रजहरुलाई सम्मान गर भनेर सिकाउनु पर्छ, उनीहरुको व्यवहार विनम्र र सम्मानजनक हुनुपर्छ,’ उनले भने, ‘अझै पनि हामीले विद्यार्थीको व्यवहार सुधार्न जरुरी छ, त्यसको लागि शिक्षकले व्यवहारिक शिक्षा सिकाउनु पर्छ, हामीले ठुल्ठुला मेसिन चलाउन सिकाउने भनेको होइन, दुःख परेकालाओ सहयोग गर्ने, घरमा काम गर्न सघाउने, सामाजिकीकरण हुन सक्ने गुण भएका विद्यार्थी उत्पादन गर्न जरुरी छ ।’ शिक्षकलाई नैतिक रुपमा जिम्मेवार बनाउन शिक्षकको सम्मान चाहिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले टिमवर्ककै कारण जनकल्याण सामुदायिक विद्यालयमध्ये अब्बल सावित भएको बताए । ‘हामी सबैको सहकार्यले नै जनकल्याण यस अवस्थासम्म आइपुगेको छ,’ उनले भने, ‘हामीले कुनै पूर्वाग्रह नराखी गुणस्तरीय शिक्षाका टिमवर्क गरेका छौं, सहयोगीप्रति धन्यवाद दिन चाहन्छु ।’

विद्यालयका सहायक प्रधानाध्यापक सुरेश कुमार कटुवालले बोलेर भन्दा गरेर देखाउने बानीले जनकल्याण सफल भएको बताए । ‘याृे विद्यालयको इतिहास पल्टाएर हेर्ने हो भने निकै नाजुक थियो, हामीले अनेकन दुःखकष्ट गरेर विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेका छौं ।’ विद्यालयका शिक्षक केबी अधिकारीले औपचारिक रुपमा कार्यक्रम सञ्चालन गरेर सकाएपछि ११ मा भर्ना भएर अध्ययनरत विद्यार्थी स्वागत र कक्षा १२ को परीक्षा उर्तिण गरेको विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रम पनि एकैसाथ राखिएको थियो । हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा अघिल्लो व्याजलाई विदाई गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अथितिहरुलाई सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।

387327723_1406080569942668_1311514318961031745_n.jpg

 

384540667_1000988707622592_1819354746218467187_n.jpg

 

387334765_867473381244325_8736482991568954987_n.jpg

 

370062334_1688025564998799_1480873214273180348_n.jpg

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २०:५१:५० बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology