Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देशभर आंशिक बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आंशिक बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

देवकी थापा

१३, भाद्र २०८०
देशभर आंशिक बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।

देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०८० भदौ १३ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० भदौ १४ गते (बिहीबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० भदौ १५ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशीमधेशबागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा,  मधेशबागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा  देशका बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours)

कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नेगेग्रान बहावबाढीपहिरोभू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्यकृषिदैनिक जनजीवनसडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाजोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०६:५७:५६ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology