Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डिजेल र पेट्रोलको भाउ बढ्यो

डिजेल र पेट्रोलको भाउ बढ्यो

देवकी थापा

३०, श्रावण २०८०
डिजेल र पेट्रोलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र पेट्रोलको भाउ बढाएको छ । निगमले साउन ३१ गते बिहान १२ बजेरदेखि लागु हुने गरि भाउ बढाएको हो ।

निगमले पेट्रोल प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४ रुपैयाँ बढाएको छ। स्वचालित मूल्य प्रणाली मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगमको विज्ञप्तिमा भनिएको छ ‘इण्डियन आयल कर्पोरेशनबाट १५ अगष्ट, २०२३ (श्रावण ३०, २०८०) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु. ३.८५ र रू. ११.२५ ले बृद्धि भई आएकोले निगम व्यवस्थापनको मिति २०८० । ०४ । ३० को निर्णय अनुसार निगमले 'पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८०' तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि कर सहित समायोजन गरि कायम हुने बिक्री मूल्यका आधारमा भोली मिति १६ अगष्ट २०२३ (२०८०–०४–३१) बिहान ००ः०१ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रति लिटर रू. ५।०० र रू. १४।०० ले बृद्धि गरेको छ ।'

images
प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - २१:२६:०१ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology