Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेमा २ करोड १५ लाख कित्ता बोनस शेयर सूचिकृत

नेप्सेमा २ करोड १५ लाख कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

७, आषाढ २०७९
नेप्सेमा २ करोड १५ लाख कित्ता बोनस शेयर सूचिकृत
images

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एकैदिन २ करोड १५ लाख कित्ता बढी सेयर थपिएको छ।

नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनी, नेसनल हाइड्रोपावर, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको २ करोड १५ लाख ५० हजार १६२।४८५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६५ लाख कित्ता, नेसनल हाइड्रोपावरको २५ लाख ६६ हजार ५७।४३५५ कित्ता, प्रभु इन्स्योरेन्सको १२ लाख ७८ हजार ९२।५६ कित्ता र एनएलजी इन्स्योरेन्सको १२ करोड ६ लाख १३।०५ कित्ता छन्।

यी कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यीमध्ये नेपाल पुनर्बीमा कम्पनीले १६.५, नेसनल हाइड्रोपावरले १८.५२५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११ प्रतिशत र एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १७:५२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology