Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

रिभर फल्सको शेयर नेप्सेमा सूचीकृत

रिभर फल्सको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२, आषाढ २०७९
रिभर फल्सको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ७० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको शेयरलाई न्युनतम ८७ रुपैयाँ ९८ पैसा र अधिकतम २६३ रुपैयाँ ९४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आज बिहिबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले आरएफपीएल कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - ०५:४४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology