Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्से सूचक २९.८९ अंकले घट्यो

नेप्से सूचक २९.८९ अंकले घट्यो

दैनिकी न्यूज

१, आषाढ २०७९
नेप्से सूचक २९.८९ अंकले घट्यो
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से २९.८९ अंकले घटेर १ हजार ९ सय ६६ दशमलब ३७ विन्दुमा आएर आजको कारोबार बन्द भएको हो । आज नेप्सेमा १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ 

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.२० रुपैयाँ पुगेको छ भने सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १२ करोड ५१ लाख भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - १५:२१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology